तीनजना कथाकारलाई पुरस्कार प्रदान गरिने

प्रदेश १ लघुकथा समाज नेपालले लघुकथा दिवसको अवसरमा तीन जना स्रष्टालाई पुरस्कृत गर्ने भएको छ ।

लघुकथा क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएको मूल्याङ्कन गर्दै सप्तरीका मनोहर पोखरेल, सुनसरीकी इन्दु तोदी र मोरङकी विष्णु भण्डारी आचार्यलाई पुरस्कृत गर्ने निर्णय गरिएको लघुकथा समाजले जानकारी दिएको छ ।

तीनै जना लघुकथाकारलाई भदौ १० गते विराटनगरमा कार्यक्रमको आयोजना गरी नगद पुरस्कारसहित सम्मान पत्र प्रदान गरिने समाजकी अध्यक्ष ममता मृदुलले बताउनुभयो । -रासस

 


ताजा खबर