मदन पुरस्कारका लागि सर्वश्रेष्ठ ८ पुस्तक छनोट

मदन पुरस्कार २०७८ को लागि सर्वश्रेष्ठ ८ पुस्तक छानिएका छन् । २०७८ मा मदन पुरस्कार गुठीलाई प्राप्त भएका २९९ पुस्तकबाट उक्त ८ कृति छानिएको मदन पुरस्कार गुठीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

छानिएका कृतिहरू र अकारादि क्रममा निम्न लिखित छन् ।

अग्नि–डा. नवराज लम्साल
ग्रीष्मको नीलो बतास–    डा. दामोदर पुडासैनी ‘किशोर’
महाभारा–    वसन्त बस्नेत
यादको सन्दुक– दीपा मेवाहाङ राई
लिच्छवि लिपि– डा. नयनाथ पौडेल
व्युत्पत्तिमूलक संस्कृत–    नेपाली शब्दकोश–    प्रा नीलमणि ढुङ्गाना
सती : इतिहास र मीमांसा–    सुजित मैनाली
हिति प्रणाली–    पद्मसुन्दर जोशी

यी मध्ये एकलाई २०७८ को मदन पुरस्कार अर्पण गरिने मदन पुरस्कार गुठीले जनाएको छ ।


ताजा खबर