साफ यू-१७ को बन्द प्रशिक्षणका लागि ४५ खेलाडी छनोट

अखिल नेपाल फुटबल संघ (एन्फा) ले श्रीलङ्कामा सेप्टेम्बर ५ देखि १४ तारिखसम्म आयोजना हुने साफ यू–१७ फुटबल च्याम्पियनसिपको बन्द प्रशिक्षणका लागि ४५ खेलाडी छनोट गरेको छ ।

प्रशिक्षक उर्जन श्रेष्ठले प्रारम्भिक छनोटमा रहेको ६० खेलाडीबाट ४५ जना छनोट गर्नुभएको हो । साफ यू–१७ च्याम्पियनसिपमा नेपाल समूह ‘बी’ मा परेको छ । नेपालको समूहमा भारत र भुटान छन् । समूह ‘ए’ मा आयोजक श्रीलङ्का, माल्दिभ्स र बङ्गलादेश छन् ।

छनोट भएका खेलाडीहरुमा अभिषेक थोकर, अंकित गुरुङ, असिम जंग कार्की, बिक्रम तामाङ, विनोद केसी, धन सिंह विक, धिरज विक, दिपक थापामगर, दोलक बहादुर थापामगर र गौरव महर्जन हुनुहुन्छ ।

यसैगरी हरिश भट्ट, जन प्रकाश बम, कृशल मोक्तान, कुशल देउवा, लक्षु थापा, मदन पौडेल, मानव पोखरेल, मार्सल शाही, मिरक लिङ्देन, मुकेश घर्ती, निखेल सुनार, निराजन धामी र निर्देश राईले बन्द प्रशिक्षणमा स्थान बनाउनुभएको छ ।

छनोट हुने अन्य खेलाडीहरुमा निरज कार्की, निशान्त तामाङ, पाल्देन गुरुङ, प्रशान्त लक्षम, प्रिभिअस सुनवार, प्रितम कार्की, राहुल बेलबासे, रितेश थापामगर, रुविन बोगटी, समिर चन्द, समिर तामाङ, सरोज दर्लामी, सिजल राई, सिमन्त थापा, सोहन स्याङ्तान, सुवास गुरुङ, सुविन खड्का, सुजत डंगोल, सुजत खड्का, सुशिल तामाङ, युनिश बुढाथोकी र युनिस मगर हुनुहन्छ ।


ताजा खबर