नेपाल र भारत संयुक्त सुरक्षा बैठक जनकपुरमा सुरु

धनुषा-जनकपुरधाममा नेपाल र भारतका सुरक्षा अधिकारीहरुको संयुक्त बैठक सुरु भएको छ ।

जनकपुरधामस्थित सिताशरणमा होटलमा सुरु भएको बैठकमा मधेस प्रदेशका ८ जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुख सहभागी भएका छन् ।

भारतको तर्फबाट मधुवनी जिल्लाका जिल्ला प्रमुखसहित भारतीय उच्च प्रहरी अधिकारीहरुको उपस्थिति रहेको छ ।


ताजा खबर