जनता गाभेपछि ग्लोबल आइएमइ देशकै ‘नम्बर वान’ बैंक

काठमाडौं। ग्लोबल आइएमई र जनता बैंक नेपालले सोमबार ‘बिग मर्जर’ को अन्तिम अनुमति शेयरधनीसँग लिँदैछन्। साधारणसभाले मर्जरको विशेष प्रस्तावलाई पारित गरेपछि जनता विलय भएर ‘ग्लोबल आइएमई’ सबैभन्दा ठूलो बैंक बन्ने छ।

अहिले नाफामा सबैभन्दा अगाडि राष्ट्रिय बाणिज्य, नबिल बैंक, एनआईसी एशिया बैंक छन्। मर्जरपछि नाफामा ग्लोबल आइएमइले एनआइसी एसियालाई उछिने तेस्रो स्थान कब्जा गर्ने छ। अहिले नाफामा ग्लोबल स्थान ७औं स्थानमा छ भने जनता २५औं स्थानमा।

नाफालाई छाड्ने हो भने बाँकी सूचकमा ग्लोबल आइएमइ ‘नम्बर वान’ बैंक बन्ने छ। पूँजी, निक्षेप, कर्जा लगानी, शाखा कार्यालय, कर्मचारी लगायतका सूचकमा बैंकलाई बाँकी सबैलाई पछि पार्ने छ।

अहिले सबैभन्दा धेरै कर्जा लगानी गर्नेमा एनआईसी एशिया, राष्ट्रिय बाणिज्य र नबिल बैंक छन्। निक्षेपमा पनि सबै बैंकभन्दा अगाडि ग्लोबल हुनेछ।

अहिले चुकता पूँजीका आधारमा नेपाल इन्भेष्टमेन्ट बैंक अगाडि छ। मर्जरको सिनर्जीले ग्लोबललाई अगाडि धकेल्ने छ।

ग्लोबलसँग जनताको शेयर आदनप्रदान अनुपात १०० कित्ता बराबर ८५ कित्ता छ। यस आधारमा जनताको तर्फबाट प्रति शेयर १५ रुपैयाँ जगेडा कोषमा जाने छ। यस्तो रकम एक अर्ब २७ करोड रुपैयाँ हुने छ। मर्जपछि बैंकको जगेडा कोष ७ अर्ब १३ करोड रुपैयाँ पुग्ने छ।Image result for Global and Janata Bank"

के भइरहेको छ तयारी
दुबै बैंकले मर्जरको प्रकृया सकेर मंसिर अन्तिमसम्ममा एकिकृत कारोबार गर्ने योजना बनाएका छन्। सोमबार साधारणसभाबाट पारित भएपछि दुबै बैंकले एकिकृत कारोबारका लागि नेपाल राष्ट्र बैंकसँग अन्तिम स्वीकृति लिनु पर्ने हुन्छ। राष्ट्र बैंकले अनुमति दिएपछि एकिकृत कारोबार सुरु हुने छ।

अहिले मर्जरका लागि आन्तरिक काम भइरहेको छ। कर्मचारी समायोजन गर्नेदेखि शाखाको व्यवस्थापनसम्मको काम भइरहेकोछ । मर्जपछि ४५ शाखा दोहोरिने छन्।

दोहोरिएका शाखामध्ये जनताका २० वटा शाखा ग्लोबलमा गएर मर्ज हुनेछ। ग्लोबलका ९ वटा शाखा जनातामा मर्ज हुने छन्। बाँकी १६ वटा शाखालाई हालकै अवस्थामा सञ्चालन गर्ने योजना बनाइएको बैंकले जनाएको छ।

शाखाहरुलाई भोलिका दिनमा आवश्यकता अनुसार स्थानान्तरण गर्दै लैजाने योजना छ।

हाल ग्लोबल आइएमईका लगभग १७ सय ५० जना र जनताको १४ सय ५० जना कर्मचारी छन्। मर्जपछि कर्मचारीको संख्या ३२ सय पुग्ने छ। कर्मचारी समायोजन समान हैसियतमा हुनेछ।

बैंकर्स संघले गरेको भद्र सहमतिका कारण निक्षेपतर्फको ब्याज दर समान छ। ऋणको ब्याज दर आधार दर तलमाथि भएका कारण केही असमान छ। ऋणीको हकमा भने अहिले जे छ त्यही गर्ने दुबै बैंकको सहमति छ। पछि कायम हुने आधार दरअनुसार ऋणको ब्याज दर थपघट गरिने छ।

हाल जनताले ‘फ्लेक्स क्युव’ सफ्टवेयर प्रयोग गरिरहेको छ भने ग्लोबल आइएमईले फिनाकल। जनता र ग्लोबल आइएमईको सहकार्यमा जनाताका कर्मचारीहरुलाई फिनाकल चलाउने तालिम प्रदान गरिरहेको छ। हरेक शुक्रबार र शनिवार सफ्टवेयरको तालिम दिएर कर्मचारीहरुलाई अभ्यस्त बनाउने काम भैरहेको छ।

कर्जा लगानी तथा निक्षेप संकलको हिसावले बैंकको स्थान

क्र.स.कर्जा लगानीक्र.स.निक्षेप संकलन
1GIBL & JBNL1932158131GIBL & JBNL204,029,284
2NICA162438773.62RBB187,369,477
3RBB147742001.53NICA179,240,486
4NABIL1418901224NABIL172,994,871
5NIBL1345920885NIBL151,289,259
6EBL1160365276EBL134,744,985
7NMB1145842817ADBL123,546,787
8ADBL1127943598NMB121,912,673
9SBL1125652739SBL118,408,239
10HBL10244774010HBL115,480,393
11NBL9694592911NBL114,798,221
12PRABHU9578112812PRABHU106,469,356
13NSBI95647273.213NSBI99,707,052
14MBL8634008214Sanima95,921,772
15Sanima8598863515MBL91,273,348
16Prime8217438116BOKL85,777,787
17KBL8056764217LAXMI82,205,702
18LAXMI8010590418MEGA79,895,702
19BOKL7615232319Prime78,594,932
20MEGA74341841.0320KBL78,302,899
21SRBL7381531521SRBL77,894,666
22CZBIL6904808822SCB75,862,665
23NCC6569613623CZBIL72,439,177
24CCBL6076808724NCC66,023,589
25NBB5794493325CCBL61,249,160
26SCB5428007526NBB59,379,958
27CIVIL4603195627CIVIL42,919,226

 

नाफाका हिसावले मर्ज अगाडि र पछाडि बैंकको स्थान 
क्र.समर्ज अगाडिको नाफाक्र.समर्ज पछिको नाफा
1RBB11275371RBB1127537
2NABIL11235862NABIL1123586
3NICA10096053GIBL & JBNL1120066
4NIBL8444204NICA1009605
5NMB8151365NIBL844420
6GBIME7531446NMB815136
7HBL6942217HBL694221
8EBL6908698EBL690869
9PRIME6597689Prime659768
10SCB64411210SCB644112
11PRABHU62846611PRABHU628466
12ADBL60734412ADBL607344
13SANIMA59360113Sanima593601
14NBL58182214NBL581822
15SBL52143915SBL521439
16SRBL45436616SRBL454366
17MEGA437407.917MEGA437407.9
18NSBI43723118NSBI437231
19NBB40252019NBB402520
20KBL40198920KBL401989
21LAXMI40194621LAXMI401946
22BOKL38372422BOKL383724
23MBL37600523MBL376005
24CCBL37081524CCBL370815
25JBNL36692225CZBIL349170
26CZBIL34917026NCC340342
27NCC34034227CIVIL158950
28CIVIL158950

Bizmandu

 

 


ताजा खबर