यु-२० पुरुष साफ च्याम्पियनसिप फुटबल भारतले जित्यो

यु-२० पुरुष साफ च्याम्पियनसिप फुटबल २०२२ को उपाधि भारतले जितेको छ ।

शुक्रबार राति भुवनेश्वरस्थित कालिङ्गा रंगशालामा भएको फाइनल खेलमा बंगलादेशलाई अतिरिक्त समयमा ५२ ले पराजित गर्दै भारत साफ च्याम्पियन बनेको हो ।

खेलको निर्धारित समयमा २/२ को बराबरी भएसँगै खेल अतिरिक्त समयमा लम्बिएको थियो । अतिरिक्त समयमा भारत हाबि हुन पुग्यो । भारतलाई जित दिलाउन गुर्किरात सिंहले ह्याट्रिकसहित ४ गोल गरे । यस्तै हिमान्सु जान्ग्राले एक गोल गरे । बंगलादेशका लागि भने मोहमद रोजन र शाहीम मियाले एक/एक गोल गरे ।

भारत साविक विजेता समेत हो । नेपालमा सन् २०१९ मा आयोजना भएको यु-१८ साफमा भारतले बंगलादेशलाई नै २–१ ले पराजित गर्दै पहिलो पटक उपाधि जितेको थियो ।

त्यसअघि सन् २०१५ र १७ मा यु १८ र यु १९ आधारमा भएको प्रतियोगिताको दुबै उपाधि नेपालले जितेको थियो । त्यस यता नेपाली टोली समूह चरणबाट माथि उठ्न सकेको छैन । –एएनआई


ताजा खबर