राष्ट्रिय वाणिज्य बैंकको एक्सटेन्सन काउन्टर बुटवल उपमहानगरपालिकामा

राष्ट्रिय वाणिज्य बैक(RBB)को ५२ औं एक्सटेन्सन काउन्टर तथा राजश्व सङ्कलन केन्द्र  रुपन्देहीको बुटवल उप महानगरपालिका कार्यालय परिसरमा सुरूवात गरिएको छ ।

एक्सटेन्सन काउन्टरको उद्घाटन एक समारोहकाबीच  बुटवल उप महानगरपालिका प्रमुख खेलराज पाण्डेले गरेका थिए।

कार्यक्रममा उप महानगरपालिका प्रमुख खेलराज पाण्डेले बुटवल बजार व्यवसायीक क्षेत्र भएकाले काउण्टरबाट सरकारी कारोबार लगायत व्यवसायीक कारोबार समेतको माग रहेको बताए । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकको वडा कार्यलयहरुबाट समेत राजश्व सङ्कलन गर्ने योजना रहेको बताएका छन् ।

शाखा कार्यालय बुटवल मार्फत रहने सो एक्सटेन्सन काउन्टरबाट विभिन्न सरकारी कार्यालयबाट लिईने राजश्व, धरौटी, सेवा शुल्क, दस्तुर, कर्मचारी संचय कोष, नागरिक लगानी कोष लगायतको रकम जम्मा गर्न सकिनेछ ।

बैंकको हाल ७ प्रदेश, ७७ जिल्लामा २५८ वटा शाखा कार्यालय, ५२ वटा एक्सटेन्सन काउन्टर, २६८ वटा एटिएम र १०२ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।

 


ताजा खबर