नेतालाई लड्न पाए भैगो

~सुरेश भण्डारी

हाम्रो देशका नेतालाई लड्न पाए भैगो

जसरी नि कुर्सी माथि अड्न पाए भैगो ।

काग जति कराउंछ पिना सुक्दै जान्छ

महँगा र राम्रा वाहन चड्न पाए भैगो ।

जनताको के को वास्ता जे भएता पनि

दिन दिनै नगद मौज्दात बड्न पाए भैगो ।

बनाएर आठ दस ओटा गगनचुम्बी घर

चारै तिर चिल्ला पत्थर जड्न पाए भैगो ।


ताजा खबर