गजल : तिम्रै निम्ति आज

पराई तिमी बन्दै छौरे भन्ने खबर पाए,
तिम्रै निम्ति आज एउटा गजल मैले गाए ।

जब हुन्थ्यौ साथ तिमी सारा दुख भुल्थे,
सारा दुख भुल्न भनि प्रित मैले लाए ।

हिजो संगै थियौ हामी आज हुदा टाढा,
भट्टि पसि साथि सँग मदिरानि खाए ।

मदिराको मात संगै बाहिरै भयो बास,
समाजको सामु आज जड्याहा भै छाए ।

सपनात थिए कति सुनका महल बनाउने,
तिमिलाई भुल्न आज यता भट्टि तिर धाए ।

पराई तिमी बन्दै छौरे भन्ने खबर पाए ।।
तिम्रै निम्ति आज …

आँसु विशाल
फिक्कल–५, सिन्धुली


ताजा खबर