कुमारी बैंकको मुनाफा ४३.८७ प्रतिशतले बृद्धि

कुमारी बैंक लिमिटेडले आर्थिक वर्ष २०७८/७९ को चोथो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ ।

बैंकले यस त्रैमासमा २ अर्ब ८३ करोड खुद नाफा आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ९७ करोड आर्जन गरेको थियो । वित्तिय विवरण अनुसार कम्पनीको खुद नाफा ४३.८७ प्रतिशतले बृद्धि भएको छ । कम्पनीको हाल सम्मको वितरण योग्य नाफा १ अर्ब ७७ करोड रहेको छ ।

बैंकले १ खर्ब ७६ अर्ब निक्षेप संकलन गरेर १ खर्ब ५३ अर्ब कर्जा विस्तार गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा १ खर्ब ४५ अर्ब निक्षेप संकलन गरेर १ खर्ब ३७ अर्ब कर्जा विस्तार गरेको थियो ।

बैंकको खुद व्याज आम्दानी ६ अर्ब ३८ करोड रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा ५ अर्ब ७ करोड रहेको थियो । त्यसैगरी सञ्चालन मुनाफा ३ अर्ब ९८ करोड रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा ३ अर्ब रहेको थियो ।

हाल कम्पनीको चुक्तापुँजी १४ अर्ब ७१ करोड रहेको छ । जगेडा कोषमा ४ अर्ब ६१ करोड छ भने कम्पनीको संचित नाफा १ अर्ब ७७ करोड रहेको छ ।

बैंकको निष्कृय कर्जा अनुपात ०.९६ प्रतिशत रहेको छ गत आर्थिक वर्षमा ०.९६ प्रतिशत रहेको थियो । त्यसैगरी बैंकको कुल पूँजी पर्याप्तता अनुपात १२.९८ प्रतिशत, कोषकोलागत ७.७६ प्रतिशत र सिडि रेसियो ८५.१२ प्रतिशत रहेको छ ।

कम्पनीको प्रति सेयर आम्दानी १९.२७ रुपैयाँ रहेको छ भने गर्त आर्थिक वर्षमा १४.२० रुपैयाँ रहेको थियो । त्यसैगरी नेटवर्थ रु १४४.०१ रहेको छ भने मुल्य आम्दानी अनुपात ९.९२ गुणा रहेको ।

अघिल्लो आर्थिक वर्षमा बैंकको मुनाफा एक अर्ब ९७ करोड रुपैयाँ थियो ।  नियमकिय व्यवस्था अनुसार बैंकको वितरण योग्य मुनाफा भने एक अर्ब ७७ करोड रुपैयाँ मात्रै छ । खुद व्याज आम्दानी २५.६७ प्रतिशतले बृद्धि गरेको बैंकले यस अवधिमा ६ अर्ब ३८ करोड रुपैयाँ आर्जन गरेको छ । जवकी अघिल्लो आर्थिक वर्षमा ५ अर्ब ७ करोड रुपैयाँ मात्रै थियो ।


ताजा खबर