साफ यू-२० च्याम्पियनशिप फाइनलमा भारत र बाङ्लादेश

नेपाल साफ साफ यू–२० च्याम्पियनशिपबाट बाहिरिएको छ भने भारत र बाङ्लादेशबीच फाइनल हुने भएको छ।

साउन १७ गते भएको खेलमा बाङ्लादेशसँग १–१ गोलको बराबरी खेलेको नेपालले कुल सात अंक जोड्न सक्यो।

भारतले समूह चरणको अन्तिम खेलमा माल्दिभ्सलाई  १–० ले पराजित गरेर फाइनलमा स्थान सुरक्षित गरेको हो। बाङ्लादेशले १० र भारतले ९ अंक जोडेको थियो।

माल्दिभ्सलाई ४–० र श्रीलंकालाई ३–० ले पराजित गरेको नेपाल भारतसँग भने ८–० गोलको विशाल अन्तरले हारेको थियो।

 


ताजा खबर