साफ यू-२० च्याम्पियनसिपमा नेपाल र बंगलादेश भिड्ने

साफ यू-२० च्याम्पियनसिप फुटबल अन्तर्गत नेपालले आज लिग चरणको अन्तिम खेलमा बंगलादेशविरुद्ध खेल्दैछ। कालिंगा स्टेडियममा हुने खेल नेपाली समय अनुसार दिउँसो ४ः१५ बजे सुरु हुनेछ ।

आजको पहिलो खेल नेपाल र बंगलादेशबीच भएकोले नेपालका लागि यो खेल जित्नैपर्ने चुनौती छ । हारले नेपालको फाइनल पुग्ने सम्भावना समाप्त हुनेछ । नेपाललाई फाइनलमा पुग्न बंगलादेशविरुद्ध फराकिलो जित आवश्यक रहेको छ । साथै, नेपालले फाइनल समीकरणका लागि भारत र माल्दिभ्सबीच हुने दोस्रो खेलको नतिजा पनि कुर्नुपर्नेछ ।

पहिलो र दोस्रो खेलमा सानदार जित निकालेको नेपाल आइतरबारको खेलमा घरेलु टोली भारतसँग ८–० को पराकिलो अन्तरले पराजित भएपछि फाइनल समीकरण कठिन बनेको हो ।

बंगलादेश ३ खेलमा अपराजित रहदै ९ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । समान ३ खेल खेलेका नेपाल र भारतले समान दुई जित र एक हारको नतिजा निकालेका छन् । हेड टु हेडमा अघि रहेको भारत स्थानमा रहेको छ । माल्दिभ्स र श्रीलंका १/१ अंक जोडेर प्रतियोगिताबाट बाहिरिसकेका छन् ‌‌।


ताजा खबर