मिस नेपाल प्रियङ्कारानी राष्ट्रिय वाणिज्य बैङ्कको ब्रान्ड एम्बेसडर नियुक्त

राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडले आफ्नो बैंकिङ्ग व्यवसाय प्रवर्द्धनकालागि मिस नेपाल वर्ल्ड-२०२२ प्रियङ्कारानी जोशीलाई ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको छ ।

बैङ्क र दी हिडन ट्रेजर प्रालिबीच भएको सम्झौतामा बैङ्कको तर्फबाट प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र दी हिडन ट्रेजर प्रालिको तर्फबाट अध्यक्ष दीवाकर राजकर्णिकारले हस्ताक्षर गर्नुभयो ।

No description available.

बैङ्कका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैङ्कले प्रवाह गरिरेको बैङ्किङ सेवाबारेमा थप जानकारी दिई आफ्नो व्यवसायलाई प्रवद्र्धन गर्न मिस नेपाललाई नियुक्त गरिएको बताउनुभयो ।


ताजा खबर