अमेरिकी र चिनियाँ राष्ट्रपतिबीच साढे दुई घण्टा कुराकानी

अमेरिका र चीनका राष्ट्रपतिबीच शुक्रबार साढे दुई घण्टा कुराकानी भएको छ ।  कुराकानी द्विपक्षीय सम्बन्ध र अन्तर्राष्ट्रिय विविध विषयमा केन्द्रित भएको अधिकारीहरूले जनाएका छन् ।

अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले लामो कुराकानीका क्रममा केही विषयमा गहिरोसँग छलफल भएको जनाएको छ ।

वाइडेनले राष्ट्रपतिको जिम्मेवारी सम्हालेपछि उहाँहरूका बीचमा अहिलेसम्म पाँचपटक  कुराकानी भएको छ । बाइडेन अमेरिकाको उपराष्ट्रपति हुँदा उहाँकै निमन्त्रणामा सन् २०१५ मा सीले अमेरिका भ्रमण गर्नुभएको थियो । तर बाइडेन राष्ट्रपति भएपछि भने दुई नेताको भेट भएको छैन । पछिल्लो कुराकानीमा उहाँहरूका बीचमा चाँडै नै भौतिकरुपमै भेटवार्ता गर्ने सहमतिसमेत भएको छ ।

साथै अहिलेको भिडियो कुराकानी विशेष गरेर ताइवान मामिलामा केन्द्रित भएको र एकअर्काप्रति कतिपय असहमति प्रकट गरेको जनाइएको छ । अमेरिककाको तल्लो सदनकी सभामुख न्यान्सी पलोसी ताइवान भ्रमणमा जान लागेको चर्चा चलेपछि अमेरिका र चीनबीच तनाव थप बढेको छ ।

अमेरिकाले ताइवानलाई महत्व दिएर गलत भूमिका खेल्न खोजेको चिनियाँ अधिकारीहरूको भनाइ छ । सभामुख पलोसीले ताइवानको भ्रमण गरेमा राम्रो नहुने चेतावनी चीनले अमेरिकालाई दिँदै आएको छ । तर अमेरिकाको विदेश मन्त्रालयले भने पलोसीले ताइवानको भ्रमण गर्ने कुनै योजना नबनाएको दाबी गरेको छ । –रासस/एएनआई


ताजा खबर