चीनद्वारा छ वटा नयाँ उपग्रह प्रक्षेपण

चीनले छ वटा नयाँ उपग्रह प्रक्षेपण गरेको छ ।  चिनियाँ विज्ञान प्रतिष्ठानको उपग्रह प्रक्षेपण केन्द्रबाट ती उपग्रह बुधबार अन्तरिक्षमा पठाइएको हो ।

अन्तरिक्ष प्रविधि परीक्षण उपग्रह र वायुमण्डलीय घनत्व जाँच गर्ने नयाँ परीक्षण उपग्रहसहित ती उपग्रह प्रक्षेपण गरिएको तथा तिनले सफलतापूर्वक कक्षमा प्रवेश गरेका छन् ।

यससँगै चिनियाँ विज्ञान प्रतिष्ठानले स्वतन्त्ररूपमा विकास गरेको लिजियान–१ को उपग्रह प्रक्षेपणको लक्ष्य हासिल भएको छ । – रासस/सिन्ह्वा


ताजा खबर