माध्यमिक शिक्षा परीक्षा-एसइईको नतिजा प्रकाशित

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) को नतिजा प्रकाशित गरेको छ ।

भर्खर मात्र पत्रकार सम्मेलन गरेर राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले परीक्षाफल प्रकाशित भएको जानकारी दिनुभएको छ ।

केहीबेर अघि बसेको बोर्ड बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेको थियो ।

यस वर्षको परीक्षामा पाँच लाख १४ हजार ९७७ परीक्षार्थी सहभागी भएका थिए । जसमध्ये ११ हजार ६१५ विद्यालयका दुई लाख ५७ हजार ९२४ छात्रा र दुई लाख ५७ हजार ५३ छात्र यसबर्षको एसइईको परीक्षामा सहभागी भएका थिए ।


ताजा खबर