भङ्गेरामा अद्भूत यौन शक्ति : जसले दैनिक तीन सय पटकभन्दा बढी पटक सम्भोग गर्छ

हेर्दा सानो भएपनि भङ्गेरामा अद्भूत यौन शक्ति हुन्छ । उसले दैनिक तीनसय पटक भन्दा बढी यौन सम्पर्क गर्छ ।

भङ्गेराको यौन क्षमताबारे विद्धानहरुले वर्णन गर्ने गरेका छन् । यसबारे वैज्ञानिक अध्ययन अनुसन्धान समेत भएको छ ।

पोथी भङ्गेराले प्रजननका समयमा भालेमाथि प्रभुत्व जमाउने गर्छे । सन् २००० मा जोडी एम. जओरले अक्सफोर्ड जर्नलमा प्रकाशित गरेको लेखमा पोथीले भालेमाथि प्रजननका बखत जमाउने प्रभुत्वबारे उल्लेख छ ।

तापक्रम र मौसमले पनि भङ्गेराको यौन सम्पर्कको संख्यामा फरक पर्दछ । सबैभन्दा बढी सम्पर्क प्रजननको समयमा हुनेगर्छ । सरदर दैनिक तीन सय पटक भन्दा बढी यौन सम्पर्क भने गरेकै हुन्छ ।

भङ्गेरामा यौन स्वच्छन्दता हुन्छ । एक अर्काको जोडीसँग दैनिक सयौं पटक यौन सम्पर्क गर्छन् । पोथी भङ्गेराले एक वर्षमा दुई देखि तीनपटक सम्म अण्डा पारेर बच्चा कोरल्ने गर्छे ।
भङ्गरेलाई कामुक चराका रुपमा बुझिन्छ । सेक्सपियरले भङ्गेरालाई यौन कार्यसँग जोडेका छन् ।


ताजा खबर