नेकपा सचिवालय बैठक : सरकारको सम्पूर्ण जिम्मेवारी ओलीलाई / कार्यकारी अधिकार प्रचण्डलाई

काठमाडौं, मङ्सिर ४ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले पार्टीको सम्पूर्ण काम हेर्ने कार्यकारी अधिकार सहितको जिम्मेवारी पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ ।

यस्तै सरकारको सम्पूर्ण जिम्मेवारी अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिने निर्णय गरेको छ ।

बैठकपछि प्रवक्ता नरायणकाजी श्रेष्ठले भन्नुभयाे, अध्यक्ष ओली प्रधानमन्त्रीका हैसियतमा सरकारको काममा केन्द्रित हुनुहुने छ र अर्का अध्यक्ष प्रचण्ड कार्यकारी भूमिकासहित पार्टी सञ्चालनमा केन्द्रित हुने छ ।

यो कार्य विभाजन पछि पनि उहाँहरुको मर्यादाक्रम भने यथावत नै रहने बैठकपछि प्रवक्ता नरायणकाजी श्रेष्ठले बताउनुभयो ।

सचिवालय बैठकमा मन्त्रिपरिषद्को हेरफेर बारे केही छलफल नभएको र यो प्रधानमन्त्रीको अधिकारको विषय भएकाले प्रधानमन्त्रीेले तुरुन्तै हेरफेर गर्नु हुने प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

  •  स्राेतका अनुसार अध्यक्षद्वयको कार्य विभाजनका सम्बन्धमा निम्नानुसार निर्णय गरियोः 
    -अध्यक्ष कमरेडहरू केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको वरियताक्रम यथावत रहने ।
    -अध्यक्ष कमरेड केपी शर्मा ओली प्रधानमन्त्रीको हैसियतले सरकारको काममा केन्द्रित हुने र अध्यक्ष कमरेड पुष्पकमल दाहाल प्रचण्ड कार्यकारी अधिकार सहित पार्टी काममा केन्द्रित हुने ।     बैठक संयुक्त  -अध्यक्षतामा सञ्चालन गर्ने । आम रुपमा बैठकको अध्यक्षता र सञ्चालन कमरेड पुष्पकमल दाहाल प्रचण्डले गर्ने ।
    – प्रतिनिधिसभाको यो कार्यकालमा सरकारको नेतृत्व अध्यक्ष कमरेड केपी शर्मा ओलीले गर्ने र राजनीतिक स्थायित्वको सन्देश दिने ।
    -पार्टी र सरकार सञ्चालन अध्यक्षद्वय बीचको आपसी सल्लाहमा गर्ने । पार्टी सञ्चालन गर्दा वैधानिक व्यबस्था र कमिटी प्रणालीलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने।रासस

ताजा खबर