ॐ हस्पिटल र सरस्वती बोर्डिङ सेकेण्डरी स्कुलवीच उपचारमा विशेष छुट सम्झौता

काठमाडौं चावहिलस्थित ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर र काठमाडौं क्षेत्रपाटीमा रहेको सरस्वती बोर्डिङ सेकेण्डरी स्कुलवीच स्वास्थ्य उपचारमा विशेष छुट सम्बन्धी सम्झौता भएको छ ।

सम्झौतामा स्कुल संचालक समितिका सदस्य, शिक्षक शिक्षिका, विद्यालय परिवारका सदस्य, कर्मचारी र नीजका परिवारजन (बुवा आमा, श्रीमान श्रीमती र छोरा छोरी) को दुर्घटना वा अन्य उपचारका लागि पनि प्रथम पक्षले अस्पतालमा विशेष छुट उपलब्ध गराउने र स्वास्थ्य सम्वन्धि आवश्यक सेवा सुलभ र सहज रुपमा पु-याउने ॐ अस्पतालले जनाएको छ ।

सम्झौता अनुसार अस्पताल र स्कुलले सहकार्यगरी स्वास्थ्य सचेतनाका कार्यक्रम तथा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालय स्वास्थ्य कार्यक्रम र समामुदायिक स्वास्थ्य शिविरहरु समेत सञ्चालन गर्ने उल्लेख छ ।

सम्झौतामा चिकित्सकसँगको परामर्श, विषेशज्ञ उपचार सेवा, नर्सिङ केयर, एम्बुलेन्स सेवामा समन्वय, ल्याब टेस्ट, पीसीआर टेस्ट, विभिन्न खोपको लागी व्यवस्था, रगत परिक्षण तथा प्रि हेल्थ चेकअप सेवा लगायतका सुविधाहरु उपलब्ध हुने जनाइएको छ ।

ॐ अस्पतालमा बुधवार आयोजित संक्षिप्त कार्यक्रममा ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.ली. सञ्चालक समितिका अध्यक्ष समेत रहनुभएका सिनियर कन्सल्ट्यान्ट रेडियोलोजिष्ट डा. आनन्द प्रसाद श्रेष्ठ ज्यूको उपस्थितिमा  प्रमुख कार्यकारी अधिकृत यम वहादुर महत , ॐ हस्पिटल कर्मचारी युनियनका अध्यक्ष केशव चौलागाँई तथा  सरस्वती बोर्डिङ सेकेण्डरी स्कुलका प्राचार्य सूमन मल्ल तथा निर्देशक तथा संचालक समिति सदस्य ऋतु श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो ।

नेपालको निजी क्षेत्रवाट संञ्चालित अग्रणी स्वास्थ्य उपचार सेवा प्रदायक ॐ अस्पतालले दुइ दशक भन्दा अधिदेखि नै आफ्नो व्यापार प्रवर्द्धन नीति अनुसार विभिन्न संघ संस्थाहरुसँग स्टाफ तथा परिवारजनसँगै ग्राहकहरुकालागि सुलभ मूल्यमा सरलिकृत सेवा दिने र शुल्कमा विशेष छुट उपलब्ध गराउने सम्झौता गरी सोहि अनुरुप सेवा उपलव्ध गराउँदै आएको छ ।


ताजा खबर