मधेशी र समावेशी आयोगको प्रतिवेदन राष्ट्रपति समक्ष पेश

काठमाडौं, मङ्सिर २ गते । मधेशी आयोग र समावेशी आयोगले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष वार्षिक प्रतिवेदन बुझाएको छ । प्रतिवेदनमा आयोगको वार्षिक कामकाजको विवरण र समीक्षासहितको लेखाजोखा समेटिएको छ ।

आयोगका अध्यक्ष द्वयले राष्ट्रपति भवन, शीतलनिवासमा राष्ट्रपति भण्डारी समक्ष वार्षिक प्रतिवेदन पेश गर्नुभएको हो । मधेशी आयोगका अध्यक्ष डा. विजयकुमार दत्त र समावेशी आयोगका कार्यवाहक अध्यक्ष विष्णुमाया ओझाले राष्ट्रपति भण्डारी समक्ष आर्थिक वर्ष २०७५÷७६ को वार्षिक प्रतिवेदन बुझाउनुभयो ।

नेपालको संविधानको धारा २९४ ले संवैधानिक निकायले आफूले गरेको काम कारबाहीको वार्षिक प्रति राष्ट्रपति समक्ष पेश गर्नेछ । उक्त धाराले राष्ट्रपतिले प्रधानमन्त्री मार्फत् प्रतिवेदनको प्रति संघीय संसद समक्ष पेश गर्न लगाउने व्यवस्था गरेको छ ।

रासस


ताजा खबर