अष्ट्रेलियामा कामदारको न्यूनतम पारिश्रमिक ५.२ प्रतिशतले वृद्धि

अष्ट्रेलियामा कार्यरत कामदारहरुको न्यूनतम पारिश्रमिक ५.२ प्रतिशतले वृद्धि गरिएको छ । विभिन्न उपभोग्य वस्तुहरुको मूल्य वृद्धि भएकाले कामदारहरुको सेवा सुविधामा पनि वृद्धि गर्नुपर्ने भएकाले न्यूनतम पारिश्रमिक वृद्धि गरिएको हो ।

स्वतन्त्र कार्य आयोग (एफडब्लुसी)ले घोषणा गरेको न्यूनतम पारिश्रमिकअनुसार अष्ट्रेलियामा कार्यरत मजदुरहरुको अबको न्यूनतम पारिश्रमिक २१.३८ अष्ट्रेलियन डलर हुने भएको छ । यसअघि न्यूनतम पारिश्रमिक २०.३३ अष्ट्रेलियन डलर थियो ।

हरेक मजदुरले हप्तामा ४० अष्ट्रेलियन डलर थप कमाउन सक्ने पनि आयोगका अधिकारीहरुले जानकारी दिएका छन् । आयोगको यस निर्णयले अष्ट्रेलियाका झण्डै २७ लाख कामदारलाई प्रभावित पार्ने भएको छ। केन्द्रीय सरकार र प्रधानमन्त्री एन्थोनी अल्बानीले यसअघि नै कम्तीमा ५.१ प्रतिशत पारिश्रमिक वृद्धि गर्न आग्रह गर्नुभएको थियो ।

तर विभिन्न कर्मचारी सङ्गठनहरुले भने कम्तीमा ५.५ प्रतिशत पारिश्रमिक वृद्धि गर्नुपर्ने माग गर्दै आएका थिए । सरकारी पक्ष र कामदार पक्ष दुबैको मागको बीचमा रहेर ५.२ प्रतिशत वृद्धि गर्ने निर्णय आयोगले गरेको छ ।

आयोगका अध्यक्ष आइन रोसले तल्लो तहका कर्मचारीहरुले आफूहरुको पारिश्रमिक अति न्युन भएकाले दैनिकी चलाउनै गाह्रो भएकाले जतिसक्दो धेरै बढाउन आग्रह दवाव दिने गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “विषेश गरेर तल्लो तहका कर्मचारीहरुले तलब धेरै पढाउन पटक पटक दबाब दिँदै आएका थिए ।” -रासस/सिन्ह्वा


ताजा खबर