भारत एएफसी एसियन कपमा छनोट

भारत एएफसी एसियन कपमा छनोट भएको छ । एएफसी एसियन कप छनोटको तेस्रो चरणको समूह ‘डी’ अन्तर्गत मंगलबार भएको खेलमा प्यालेस्टाइनले फिलिपिन्सलाई ४–० गोलले पराजित गरेपछि भारतको एसिया कप यात्रा पक्का भएको हो ।

भारतले समूहको एक खेल अगावै छनोट यात्रा तय गर्न सफल भयो । भारत लगातार दोस्रो पटक एसियन कपमा छनोट भएको हो । भारतले समूहको अन्तिम खेल हंङकङसँग खेल्नेछ । हङकङसँगको खेलले भारतलाई कुनै फरक पर्नेछैन ।

भारतले पहिलो खेलमा कम्बोडियालाई २–० र दोस्रो खेलमा अफगानिस्तानलाई २–१ गोलले पराजित गरेको थियो । यससँगै भारतले पाँचौ पटक एसियन कपमा स्थान बनाएको छ । यसअघि भारतले सन् १९६४, सन् १९८४, २०११, २०१९  एसियन कप खेलेको थियो । –एएनआई


ताजा खबर