प्रधानमन्त्री ओलीको तेस्रो डायलासिस गरियो : अस्पताल भन्छ, उहाँको स्वास्थ्य अवस्था राम्रो छ

प्रधानमन्त्री केपी शर्मा ओलीको शनिबार तेश्रो डायलासिस गरिएको छ ।

प्रधानमन्त्री ओली शनिवार विहान स्वास्थ्य उपचारका लागि धापासीस्थित ग्राण्डी अस्पताल पुगेका थिए । डायलासिस गरेर अपराहृन बालुवाटार फर्किएका छन् ।

उनको अवस्था अहिले राम्रो रहेको अस्पतालका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डे र प्रधानमन्त्रीका निजी चिकित्सक डा. दिब्या सिंह शाहले जारी गरेको संयुक्त वक्तव्यमा उल्लेख छ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीको १२ वर्ष अगाडि मिर्गौला प्रत्यारोपण गरिएको थियो । त्सययता नियमित औषधि खाइरहेका उनको स्वास्थ्यमा पछिल्लो केही महिनायता समस्या देखिएको छ ।

साउन र भदौमा सिंगापुर गएर उपचार गराए । सिंगापुर पुगे र नेशनल युनिभर्सिटी अस्पतालमा फेरिसस प्लाज्माफेसेसिस प्रक्रियामार्फत रगतमा भएको ‘एन्टीबडी’ निकालिएको थियो ।

मिर्गौलामा राम्रोसँग काम नगरेपछि गत कार्तिक १३ गते पहिलो डायलाईसिस गरिएको थियो । लगतै भोलिपल्ट दोस्रो डायलासिस पनि ग्राण्डीमा नै गरिएको थियो ।

 


ताजा खबर