क्यानद्वारा टी–२० लिगका लागि गभर्निङ काउन्सिल गठन

नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल टी–२० लिग सञ्चालनका लागि गभर्निङ काउन्सिल गठन गरेको छ । क्यानले बुधबार कार्यवाहक सचिव प्रशान्त बिक्रम मल्लको नेतृत्वमा काउन्सिल गठन गरेको हो ।

क्यानले काउन्सिलको डाइरेक्टरमा मल्ल तथा सदस्यहरुमा दुर्गाराज पाठक, भानु सिग्देल र जतिन हल्वालियालाई राखेको छ । काउन्सिलको मानार्थ सदस्यमा इन्डियन क्रिकेटर्स एसोसियसनका अध्यक्ष अशोक मल्होत्रालाई नियुक्त गरेको छ ।

क्यानले असोज ८ देखि कात्तिक ५ गतेसम्म पहिलो पटक आधिकारिक नेपाल टी–२० फ्रेन्चाइज लिग आयोजना गर्दैछ । लिगमा विराटनगर, जनकपुर, काठमाडौं, पोखरा, लुम्बिनी तथा भैरहवा र फार वेस्टर्नको सहभागिता रहनेछ ।


ताजा खबर