तामाकोशी-भीका लागि करिव १६ अर्बको लगानी स्वीकृत

  लगानी बोर्डले एकसय मेगावाटको तामाकोशी-भी आयोजनाको लगानी स्वीकृत गरेको छ ।

सिंहदरबारमा आज बसेको बैठकले तामाकोशी- भी आयोजनाका लागि करिव १६ अर्बको लगानी स्वीकृत गरेको हो । बैठकले ४० मेगावाटको रौघाट जलविद्युत आयोजनाको लागि पनि लगानी स्वीकृत गरेको बोर्डका प्रमुख कार्यकारी अधिकृत शुशिल भट्टले जानकारी दिनुभयो ।

७५० मेगावाट विद्युत क्षमताको पश्चिम सेती जलाशययुक्त जलविद्युत आयोजना निर्माणका बिषयमा अध्ययन समितिले बैठकमा प्रतिवेदन बुझाएको उहाँले बताउनुभयो । भट्टले अपर कर्णाली वित्तीय व्यवस्थापन म्याद थप सम्बन्धि आवश्यक निर्देशन पनि बोर्डबाट प्राप्त भएको जानकारी दिनुभयो ।

बैठकमा प्रधानमन्त्री शेर बहादुर देउवाले राष्ट्रिय आयोजनाहरुलाई तीव्ररुपमा अघि बढाउन निर्देशन दिनुभएको थियो ।


ताजा खबर