फ्रेन्च ओपनको उपाधि १४औं पटक राफेल नाडालले जिते

विश्व वरीयताको पाँचौ स्थानमा रहेका स्पेनिस राफेल नाडालले कीर्तिमानी १४औं पटक फ्रेन्च ओपनको उपाधि जितेका छन् । जितसँगै नाडालले हालसम्म वर्षको दोस्रो ग्रान्डस्लाम फ्रेन्च ओपनको फाइनलमा आफ्नो अपराजित यात्रालाई कायम राखेका छन् ।

आइतबार २२औं ग्रान्डस्लामको उपाधि चुम्नेक्रममा नाडालले फाइनलमा नर्वेका कास्पेर रुडलाई ६–३ ६–३ ६–० को सोझो सेटमा पराजित गरे ।

फ्रेन्च ओपनको जितेसँगै नाडालले ग्रान्डस्लाम उपाधिमा पछ्याइरहेका रोजर फेडेरर र नोभाक जोकोभिचभन्दा दुई उपाधिले पछि पारेका छन् । फेडेरर र जोकोभिचले समान २० पटक ग्रान्डस्लामको उपाधि जितेका छन् ।

आइतबार १४औं पटक फ्रेन्च ओपन जितेका नाडालले १७ वर्षअघि आजकै फ्रेन्च ओपनको पहिलो उपाधि जितेका थिए ।नाडालले यसअघि जनवरीमा भएको अस्ट्रेलियन ओपनको पनि उपाधि जितेका थिए । -रोयटर्स


ताजा खबर