मोवाइलको लत: बालबालिकामा कतै नराम्रो बानी पो बस्दै त की? अभिभावक सचेत हुन जरूरी छ

दृष्टान्त १ः

टियू बल्खु अफिसबाट म बानेश्वर फर्किनु थियो। बल्खुबाट नेपाल यातायत चढेँ।

सिट प्राय: खाली नै थिए। अन्तिम सिटमा गएर बसेँ। बस खाली नै भएकोले बल्खु चोकमा धेरैबेर रोक्यो। अर्को नेपाल यातायात आएपछि म चढेको गाडी बिस्तारै अघि बढ्न थाल्यो। त्यतिकैमा दुई जना किशोरी बल्खु चोकभन्दा अलिपरबाट गाडी रोकेर चढे।

अन्तिम सिट खाली भएकाले आएर बसे। स्कुल पढ्ने उमेरका जस्ता देखिन्थे। सिटमा बसेलगत्तै आफ्ना झोलाबाट ठूलाठूला स्क्रिन गरेको मोबाइल निकाले अनि फेसबुक खोलेर अनेकौ फोटाका लाइक र कमेन्टबारे गफगाफ गर्न थाले।

उनीहरू कसैको पर्वाह नगरी आफ्नै गफगाफमा मस्त देखिन्थे। विषयवस्तुहरू प्राय:जसो फेसबुकका सेरोफेरोमा घुमिरहन्थे।

गफगाफकै सिलसिलामा एकले भनी, ‘यो मोबाइल त बाबाले चलाइसिएको ५ महिना मात्र भयो। आइफोन ७ बाबाले किनिसिएको छ ,अनि बाबाले मलाई कक्षा नौ पास गरेपछि दिन्छु भनिसिएको थियो नि, त्यही मोबाइल त हो नि यो। पहिला कहिलेकाहीँ लुकीलुकी अनलाइन आउँथें नि त्यो त मामुको मोबाइल हो।’

‘आइफोन ६ हो कि प्लस’, भनेर अर्कीले सोधी।

‘आइफोन ६ मात्र हो’, जवाफ फर्काइ।

उनीहरू कसैको पर्वाह नगरी आफ्नै गफगाफमा मस्त देखिन्थे। विषयवस्तुहरू प्राय:जसो फेसबुकका सेरोफेरोमा घुमिरहन्थे।

गफगाफकै सिलसिलामा एकले भनी, ‘यो मोबाइल त बाबाले चलाइसिएको ५ महिना मात्र भयो। आइफोन ७ बाबाले किनिसिएको छ ,अनि बाबाले मलाई कक्षा नौ पास गरेपछि दिन्छु भनिसिएको थियो नि, त्यही मोबाइल त हो नि यो। पहिला कहिलेकाहीँ लुकीलुकी अनलाइन आउँथें नि त्यो त मामुको मोबाइल हो।’

‘आइफोन ६ हो कि प्लस’, भनेर अर्कीले सोधी।

‘आइफोन ६ मात्र हो’, जवाफ फर्काइ।

जावलाखेल आइपुग्दा गाडी खचाखच भइसकेको थियो तर पनि उनीहरूको कुरामा भने कुनै कमी आएको थिएन।

नचाहेर पनि उनीहरूको कुरा सुन्न बाध्य थिएँ, मेरै सीटको छेऊमै जो बसेका थिए।

आइफोन बोक्ने किशोरीले अर्कीलाई सोधी, ‘तेरो फेरि प्याचअप भएको हो कि क्या हो रोहितसँग? खाली तेरो फोटामा लाइक र कमेन्टमात्र गरेको देख्छु,के हो दालमै फिरसे कुच काला हे!’

‘ह्या त्यस्तो होइन,उसको त अहिले अर्कै छ,अनि तलाई राम्ररी थाहा छ त मेरो अर्को ब्वाइफ्रेण्डको बारेमा,किन जिस्काउँछेस्?’

दुवैका कुराका विषयवस्तु सुन्दा म छक्क परें अनि आफैंलाई प्रश्न गरें ,के अहिले प्रविधिमा हुर्किएका किशोरकिशोरीहरूका कुराका विषयहरू यस्तै नै हुँदा रहेछन् त?

यतिकैमा बानेश्वर आयो अनि म ओर्लें।

दृष्टान्त २ः

मध्य वानेश्वरको एक साइबरमा प्राय: जसो सधै देख्थें एक स्कुले नानीलाई। सधा झैं आज नि कानमा हेडफोन जोडिएका थिए। स्कुलको लुगा लगाएकी थिइन् उनले। उनको स्कुलको झोला आफू बसे नजिकैको कुनामा थियो। उनी स्कुलको घण्टीको पर्वाह नगरी कम्प्युटरमा व्यस्त थिइन्। प्रष्टसँग उनको टाइमा लेखिएको स्कुलको नाम र लोगोले थाहा हुन्थ्यो कि स्कुल साइबरबाट करिब १०० मिटर जतिको दूरीमा छ।

उनको अनुहार मलिन एवम् चिन्तित देखिन्थ्यो। घरीघरी भक्कानिँदै रुन्चे स्वरमा कुरा गर्दै थिइन्। कस्तो बिस्मत यो ठूलै विपति परेछ नि यिनलाई भनेर म नि एकछिन त आत्तिएँ। चिन्ता र डरले आत्तिएजस्तो देखिन्थिन्।

सुक्क सुक्क रुँदै उनी भन्दै थिइन्, ‘अब त बुझ्नु न मैले त्यसको फाटोमा लाइक नै त हानेको मात्र हो। त्यसो न भन्नु न’ भन्दै बिन्ती गर्दै थिई ऊ।

आखिरमा मैले नि अलिअलि कुरा बुझें कुरा त लभ अनि फेसबुकको पो रहेछ। मनमनै सोचे के भएको यो यति सानो उमेरमा लभ! कस्तो अचम्म हो यो।

मेरा आँखा घरी मेरो कम्प्युटरमा थिए भने कान अझै उनको कुरामा। उनी म बसेको सीट नजिकै थिइन्।

साँच्चै नै माया अन्धो हुन्छ भन्ने कुरा उनले अनुभूति गराइन्। न त कसैको प्रवाह छ न त स्कुल छुट्ला भन्ने डर!

के प्रेममा मानिस यस्तै बेहोसी हुन्छ त? फेरि यस्तो प्रेमलाई नै प्रेमको परिभाषा दिएर व्याख्या गर्न मिल्ला त? फेरि एकै छिनमा खै के भयो उनलाई उनी त आँसु पुछ्दै मुसुमुसु हाँस्न पो थालिन्।

त्यो देखेर मेरो मनमा अनेकौं प्रश्नहरू जन्मिए।

आखिरमा के त्यस्तो घटना घटेछ, एकछिनमा दुखी अनि एकैछिनमा संसारकै सबभन्दा खुसी हुने!

यथार्थ बुझ्न त्यति गाह्रो भएन।

उनी भन्दै थिइन्,‘मलाई थाहा थियो तपाईंले बुझ्नु हुन्छु भनेर आखिरमा तपाईंले न बुझे कसले बुझ्छ मलाई। आई ल भ यु टु’ बारम्बार भन्दै थिइन्।

मैले अनुमान लगाएँ अघिको झगडा मिलेछ। तर उनीहरूको कुराको सिलसिला टुंगिने कुनै छनक भने देखिँदैन थियो।

यस्तो प्रेमलाई नै प्रेमको परिभाषा भनेर व्याख्या गर्न मिल्ला त? म नै सोचमा डुबे आखिरी केटाले केटीलाई गरिने मात्र प्रेम हो र?

हामो समाज अहिले यस्तो दुर्व्यवसनीमा फसेको छ ,त्यसबाट उम्किन धेरै समय लाग्ने छ। सूचना प्रविधिको युगमा जन्मिएर आफूलाई भाग्यमानी ठान्ने म आज यस्ता दृष्टान्त प्रशस्त भेटाउँदा कलिला नानीका सृजनशील मस्तिष्क सम्झेर म सोच मग्न हुन्छु।

मेरा मनका गनथनहरू नसकिँदै ती नानीको मोबाइलको घण्टीले म झस्किएँ।

उनी हत न पत कानबाट हेडफोन निकालेर फोनमा कुरा गर्न थालिन्।

भन्दै थिइन्, ‘सुन्न म यहाँ अस्तिकै साइबरमा छु,हेर न मेरो अस्तिकोसँग सानो झगडा भयो त्यसैले म उसँग कुरा गर्दै छु।’

उताबाट खै के जवाफ आयो फोनमा उनले ‘हुन्छ नि त छिटो गरेर आइज’ भनिन्।

केहीबेरमै ऊ बसे नजिकै कम्प्युटरमा उनकै साथी जस्तो देखिने एक जना आइन्।

उनले पनि फेसबुक खोल्न थालिन्।

फेरि साथीबीच पनि गनथन सुरू भयो त्यही फेसबुकको।

केहीबेरमै स्कुलको घण्टी लाग्यो। काउण्टरमा पैसा तिरेर स्कुलतिर लागे।

यी त प्रतिनिधि घटनामा मात्र हुन्। हाम्रो समाजमा अहिले यी यावत् घटनाहरू प्रशस्तै देख्न र भेट्न सकिन्छ। किशोरकिशोरीमा मोबाइल लत र फेसबुके लभ सामान्य भइसके।

अब प्रश्न उठ्छ कि तिनीहरूले कुन मानसिकता र एकाग्रताका साथ पढ्लान्? यस्ता हजारौं दृष्टान्तहरू हाम्रै वरिपरि छन्, जुनले हाम्रो समाजका धेरथोर चरित्र चित्रण गर्दछ।जुन दिन यी घटनाको अनुभव मैले लिएँ त्यस रात मनमा अनेकौं प्रश्न उब्जिए। र सोच्न बाध्य भए,‘आखिरमा यो तिनीहरूको मोबाइल चलाउने सही बेला हो या होइन। इन्टरनेट इमेलबाट सबै बालबालिका अभ्यस्त देखिन्छन्।

विधिमय वातावरणमा हुर्केका जो कोही बालबालिकालाई पनि इन्टरनेटबाट टाढा राख्न असम्भव नै छ। साना उमेर समूहका नानीहरू कम्प्युटर वा मोबाइल गेममा बढी आकर्षित देखिन्छन् भने किशोर अवस्था प्रवेश गरेका स्कुले बालबालिका भने विभिन्न सामाजिक संजालमा बढी लालायित हुन्छन्।

साना केटाकेटीहरूको पढाइप्रतिको ध्यान विस्तारै घट्दै गएको देखिन्छ। किशोर अवस्थामा हुने शारीरिक एवं भावनात्मक परिवर्तनले गर्दा पनि यो उमेर समूह भनेको ज्यादै संवेदनशील उमेर हो। यो उमेरमा किशोरकिशोरीहरू बढी यौनका कुरामा बढी उत्सुक हुन्छन्,कौतुहलता बढी हुन्छ। तर यस्ता कुरा आफ्ना अविभावकलाई खुलेर राख्न हिच्किचाउँछन्,आफ्नै उमेर समूहका साथीहरूसँगको गोप्य छलफलले गर्दा उनीहरू अनेकौ नराम्रा कुलत र बानीमा अल्झिन्छन्।

यौनका कुरा हामीलाई खुलेर समाजले गर्न दिँदैन,न त परिवारमै पनि यस विषयमा कसैलाई खुलेर भन्न सक्न्छि।

विपरीत लिङ्गीप्रति आकर्षित हुने यो किशोर अवस्थालाई घरमा अभिभावकहरूले विशेष ध्यान दिन जरुरी देखिन्छ।

मन ज्यादै चञ्चल हुने उमेर हो यो अनि यही उमेरमा अभिभावकले मोबाइल दिए तिनीहरूले के पढ्लान्?

मोबाइलमा केही शब्द टाइप गर्ने बित्तिकै उनीहरू अश्लील दुनियाँमा पनि पुग्न सक्छन्। यस विषयबारे जानकार हुन प्रत्येक अभिभावक आवश्यक देखिन्छ। केटाकेटीहरूको दैनिकीमा मोबाइलले कस्तो प्रभाव पारेको छ यसबारे भने अभिभावकले अनीहरूको स्वभावमा भएको परिवर्तन हेरेर पनि सहज अड्कलबाजी लगाउन सकिन्छ।

हामी के सौच्छौं भने ‘मेरो बच्चाले त कहाँ यस्तो गर्छ र?’अर्काका छोराछोरीका चाहिँ हामी खुलेरै भन्छौं,‘हेर्न त्यसका छोराछोरीका चर्तिकला यत्रि छैन खुबै लभ गर्ने।बाबु आमाले नै बिगारेका नि’,यस्ता वाक्यांश म प्राय: सुन्ने गर्छु।

यस्ता निन्दा भरिएका वाक्यांश सुन्दा लाग्छ प्रत्येक अभिभावकले अर्काका बच्चाको आलोचना भन्दा पनि आफ्ना बच्चाबारे विशेष ध्यान दिएको नै राम्रो।

आफ्ना आँखा पछाडि लुकेर आफ्ना बच्चाले के गर्छन्,कस्ता साथीहरू छन्। यसबारेमा सबै अभिभावक सचेत हुन आवश्यक छ।

खाजा खाने पैसाले साइबर धाउने धेरै स्कुले विद्यार्थी भेटेको छु,अनि हामी सबैले एकपटक सोच्नै पर्छ कि त्यस्ता बालबालिकाले कस्तो मानसिकता लिएर सिर्जनात्मक भएर कक्षामा ध्यान दिएर पढ्लान्!

हामी बालबालिकालाई पढ मात्र भन्छौ। किन पढाइमा त्यति ध्यान दिएका छैनन् त्यसबारे कमै अभिभावक सचेत भए जस्तो लाग्छ।

सबै विद्यार्थी भाइबहिनीहरू मोबाइल चलाउन स्वतन्त्र छन्। केही कुरामा रोकावट छैन। घरमा पनि चौबिसे घण्टा मोबाइल चलाउन स्वतन्त्र छन्। आफ्ना बालबालिकामा कतै नराम्रो बानी पो बस्दै त छैन? यसबारे अभिभावक सचेत र सजग हुन जरूरी छ।

सेतोपाटीबाट साभार मनोज बोहोराको आलेख ।

ताजा खबर