सचिन तेन्दुलकरको नेतृत्वबाट विनोद दासको टोली पराजित

काठमाडौं, कात्तिक ३० गते 

विश्व क्रिकेटमा ब्याटिङ्गको अधिकांश कीर्तिमान बनाउनुभएका सचिन तेन्दुलकरले कीर्तिपुरस्थित त्रिवि क्रिकेट ग्राउन्डमा मैत्रीपूर्ण क्रिकेट म्याच खेल्नुभएको छ । सचिन तेन्दुलकर र नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान विनोद दासले छुट्टा छुट्टै दुई टोलीको नेतृत्व गर्नुभयो ।
बिनोद दासको टोलीले प्रस्तुत गरेको ४५ रनको लक्ष्य क्रिकेटका महान हस्ती तेन्दुलकर नेतृत्वको टोलीले छ ओभरमा मात्र एक विकेटको क्षतिमा पुरा गरेको थियो । आठ ओभरको खेलमा सचिनले चौका लगाएर सात रन बनाउनुभयो । त्यसपछि तेन्दुलकरले भने टोलीका अन्य ब्याट्सम्यानलाई अवसर दिनुभएको थियो ।
भारतीय क्रिकेट टिमका पूर्व कप्तान समेत रहनुभएका तेन्दुलकरले नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान विनोद दास नेतृत्वको टोलीसँग मैत्रीपूर्ण क्रिकेट खेल्न त्रिवि मैदानमा उत्रिनुभएको छ । विनोद दासले एक विकेट लिनुभयो ।
तेन्दुलकर संयुक्त राष्ट्र संघको अन्तर्रा्ष्ट्रिय बालबालिका आपातकालीन कोष(युनिसेफ)का सद्भावना दूत हुनुहुन्छ । बाल अधिकारको प्रवद्र्धन तथा राष्ट्र संघको बाल अधिकार सम्बन्धी महासन्धी पारित भएको ३० वर्ष पुगेको अवसरमा उक्त मैत्रीपूर्ण खेल आयोजना गरेको यूनिसेफ नेपालले जनाएको हो ।
हरेक बालबालिकालाई ‘खेल्ने, रमाउने र आराम गर्ने अधिकार हुन्छ’ नारा दिएर खेल आयोजना गरिएको हो । मैत्रीपूर्ण खेलका लागि तेन्दुलकर शुक्रबार राति काठमाडौं आउनुभएका तेन्दुलकर आइतबार भारत फर्किनुहुनेछ ।

ताजा खबर