मतगणना जारी : ७२८ पालिकाको परिणाम सार्वजनिक

स्थानीय तह निर्वाचन अन्तरगत जारी मतगणना अझै जारी छ । मत गणनाका क्रममा हालसम्म ७ सय २८ वटा पालिकाको अन्तिम परिणाम सार्वजनिक भइसकेको छ ।

प्राप्त पछिल्लो विवरण अनुसार नेपाली काँग्रेसले ३ सय १९, नेकपा एमालेले १ सय ९९, नेकपा माओवादी केन्द्रले १ सय २०, जनता समाजवादी पार्टी २१, नेकपा एकीकृत समाजवादीले १० र अन्यले ५९, स्थानमा प्रमुख वा अध्यक्ष पदमा विजय हासिल गरेको निर्वाचन आयोगले जनाएको छ ।

त्यसैगरी, उपाध्यक्ष तथा उपप्रमुखमा नेपाली काँग्रेसले २ सय ९४, नेकपा एमालेले २ सय २६, नेकपा माओवादी केन्द्रले १ सय २८, जनता समाजवादी पार्टी ३० र अन्यले ५० स्थानमा विजयी हासिल गरेको निर्वाचन आयोगले जनाएको छ ।

त्यस्तै, वडा अध्यक्ष पदमा नेपाली काँग्रेस २ हजार ६ सय २,  नेकपा एमाले २ हजार ८१, नेकपा माओवादी केन्द्र १ हजार ४१, जनता समाजवादी पार्टी २ सय ८३ र अन्य ५ सय ७६ गरी ६ हजार ५ सय ८३ जना विजयी हुनुभएको आयोगले जनाएको छ ।

स्थानीय तह निर्वाचनको मत गणनाको ताजा विवरण ।


ताजा खबर