फ्रान्कफर्टले जित्यो युरोपा लिग फुटबलको उपाधि

युरोपा लिग फुटबलको उपाधि जर्मन क्लब फ्रान्कफर्टले जितेको छ । बुधबार राति भएको खेलमा स्कटिस क्लब रेन्जर्सलाई टाइब्रेकरमा ५-४ गोलले हराउँदै फ्रान्कफर्ट च्याम्पियन बनेको हो ।

निर्धारित र अतिरिक्त सयमा १-१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको थियो । फ्रान्कफर्टले ४२ बर्षपछि युरोपा लिग उपाधि जित्यो । निर्धारित समयमा रेन्जर्सले सुरुवाती अग्रता लिएको थियो । ५७औं मिनेटमा जोइ अरिबोले गोल गर्दै रेन्जर्सको उत्साह जगाउनुभयो । ६९औं मिनेटमा राफेल सान्तोसले गोल गर्दै खेललाई बराबरीमा ल्याउनुभयो ।

त्यसपछि निर्धाीरत ९० मिनेट र अतिरिक्त समयमा समेत गोल नभएपछि टाइब्रेकर फ्रान्कफर्टले बाजी मार्न सफल भयो । टाइब्रेकरमा फ्रान्कफर्टका क्रिस्टोफर लेन्ज, एज्डिन रुस्टिक, दाइची कामदा, फिलिप कोस्टिक र राफेल सान्तोसले गोल गर्नुभयो । रेन्जर्सका जेम्स टाभेनिएर, स्टेभन डाभिस, स्कट अरफिल्ल र केमार रोफीले गोल गर्नुभयो । आरोन राम्सेको प्रहार विफल बनेको थियो । -रोयटर्स


ताजा खबर