गीतकार रमेश दहालको ‘पूर्वको बादल उड्यो’ गीत सार्वजनिक : (भिडियो सहित )

गीतकार रमेश दहालको शब्दमा रहेको ‘पूर्वको बादल उड्यो बोलको आधुनिक गीत सार्वजनिक भएको छ । चर्चित सँगीतकार भानु थापाको सँगीत तथा बरिष्ठ गायक दिप श्रेष्ठको स्वरमा सजिएको पूर्वको बादल उड्यो गीत बिन्दाबासीनी म्युजिक प्रा.लि ले हालै बजारमा ल्याएको हो ।

हरेक शव्दलाई त्यसको भाव अनुसार संगीत भर्ने कुशल संगितकारमा दरिएका भानु थापा पूर्विय र पाश्चात्य संगीतको फ्युजन गरी संगीत भर्न निपुर्ण संगितकार मानिन्छन् । दाहालको उत्कृष्ठ शब्द चयन र संयोजन, थापाको निपुर्ण संगितमा ख्याति प्राप्त गायक दिप श्रेष्ठको सुमधुर स्वरमा तयार भएको ‘पूर्वको बादल उड्यो’ गितले आधुनिक गितहरुमा उत्कृष्ठ पहिचान बनाउन सक्ने देखिन्छ ।

समसामयिक बिषय बस्तुमा गीत लेख्न खप्पिस रमेश दहालका यसै बर्ष फरक फरक गीतहरु क्रमबद्ध रुपमा सर्वजनिक भईरहेका छन् । गत साउनमा मात्रै कला जगतकै प्रशिद्घ व्यक्तित्व मदनकृष्ण श्रेष्ठको स्वर तथा संगीतकार शक्तिबल्लभको संगीतमा रानी खोला बोलको गीत बजारमा आएको थियो । उक्त गीतले रेडियो, टेलिभिजन, युट्युव तथा सामाजिक सञ्चालहरुमा चर्चा बटुलीरहेको अवस्थामा ‘पूर्वको बादल उड्यो’ गित वजारमा आएको छ । त्यस्तै, सँगीतकार राजनराज सिवाकोटीको सँगीत तथा सन्जिब पराजुली र टीका प्रसाईको स्वरमा रहेको ‘हातमा घडि’ बोलको गीत पनि निकै मन पराइएको छ ।

गीतकार रमेशको ‘पूर्वको बादल उड्यो’ गीत उनका अरु गीतभन्दा अलि बढि निराशाबादी गीत मानिन्छ । गीतले बिगतको शसस्त्रद्वन्दको अवस्थामा एक अर्काका बिचमा फैलिएको शंका तथा डर र त्रासलाई मुख्य विषयवस्तु वनाएको छ ।

राष्ट्रिय स्तरका दर्जनौ संगीतिक अवार्डहरु हात पारीसकेका रमेशका बजारमा आएका गीतहरु शव्द चयनका दृष्टिले गहन, सान्दर्भिक र सरल पाइन्छन् । बजारमा दुईचार दिन चल्ने अनि हराउँने गीत भन्दा लामो समयसम्म श्रोताको ओठमा रहने गीत लेख्न मन पराउने रमेशका ‘बालुवाको घर’ र ‘हिउँको फूल ’ गरी दुई ओटा गीतसँग्रह समेत बजारमा आइसकेका छन् ।

गीत हेर्न यहाँ क्लिक गर्नुस :


ताजा खबर