नेपालकालागि भारतको राजदूतमा नवीन श्रीवास्तव नियुक्त

भारत सरकारले नवीन श्रीवास्तवलाई नेपालको राजदूतमा नियुक्त गरेको छ। 

हाल परराष्ट्र मन्त्रालयमा अतिरिक्त सचिवका रुपमा कार्यरत उहाँलाई मंगलबार नेपालका लागि भारतको राजदूतमा नियुक्त गरिएको हो। 

भारतको परराष्ट्र मन्त्रालयका अनुसार राजदूत श्रीवास्तवले शीघ्र कार्यभार सम्हाल्ने जनाएको छ। नवनियुक्त राजदूत श्रीवास्तवले सन् १९९३ मा परराष्ट्र सेवा प्रवेश गर्नुभएको हो। -रासस  


ताजा खबर