प्रधानमन्त्री देउवाद्वारा २५६६औँ बुद्ध जयन्तीको शुभकामना

प्रधानमन्त्री शेरबहादुर देउवाले गौतम बुद्धले दिनुभएको शिक्षा र सन्देशलाई व्यावहारिक जीवनमा उतारी जीवनलाई सुखमय र शान्तिमय बनाउनुपर्ने बताउनुभएको छ ।

२५६६औँ बुद्ध जयन्तीका अवसरमा शुभकामना सन्देश दिनुहुँदै उहाँले बुद्धका उपदेशको पालना गरेर समाजलाई समुन्नत बनाउनेतर्फ लाग्न सबैलाई आग्रह गर्नुभएको छ ।

प्रधानमन्त्री देउवाले बुद्धका उपदेश अहिले पनि मानव जातिका लागि उत्तिकै सान्दर्भिक, उपयोगी र शाश्वत भएकाले मानव जीवनलाई उत्कृष्ट बनाउन बुद्धका अर्ति उपदेशलाई व्यवहारमा उतार्न जरुरी भएको कुरा सन्देशमा उल्लेख गर्नुभएको छ । 


ताजा खबर