कतारी पर्वतारोही तथा राजकुमारी कञ्चनजङ्घा शिखरमा

कतारी पर्वतारोही तथा राजकुमारी शेखा आश्मा अलथानी ८,५८६ मिटरको उचाइमा रहेको नेपाल र भारतको सिमाना बीचमा पर्ने विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घाको शिखरमा पुग्ने पहिलो अरब महिला बन्नु भएको छ । 

आफ्नो इन्स्टाग्राममा स्ट्याटस राख्दै शेखा आश्माले कञ्चनजङ्घा शिखरमा पुग्ने पहिलो अरब नागरिक हुन पाएकोमा गर्व लागेको बताउनु भएको छ । उहाँले आफ्नो पोष्टमा लेख्नुभएको छ ‘’म केही दिन बिरामी परेकी थिएँ त्यसैले आँटेको हिमाल चढ्न सक्दिन की झैँ लागेको थियो । तर, जम्मा दुई दिनमै भव्य कञ्चनजङ्घाको सफल आरोहण गर्‍यौँ ।‘’

उहाँले आफ्नो पोष्टमा भन्नुभएको छ, हिमाल चढ्न सहज थिएन र यसले मलाइ अझै हिम्मत दिएको छ । कञ्चनजङ्घा विश्वको तेस्रो अग्लो हिमाल हो, यो हिमालको सफल आरोहणसँगै मेरो उत्साह बढेको छ र अझै उच्च शिखर चुम्ने बाटोमा अघि बढ्न प्रेरणा मिलेको छ । 

उहाँले आफ्नो सफलताका पछाडि बलियो टिमको साथ र सहयोग रहेको पनि उल्लेख गर्नुभएको छ । जसमा निम्स दाइ लगायतका टिमले उहाँलाई शिखरमा पुग्न सहयोग गरेकोमा धन्यवाद पनि व्यक्त गर्नुभयो । 

विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्न निम्स दाइ लगायतका टिमसँग त्यसतर्फ प्रस्थान गर्नु भएकी कतारी राजकुमारी केही समय हिमाल आरोहणमै रहने र सगरमाथा आरोहणको प्रयास गर्ने बताइएको छ । यसअघि शेखा आश्माले सगरमाथा आरोहणको प्रयास गर्नुभएको थियो, जुन सफल हुन सकेको थिएन । 


ताजा खबर