‘काठमाडौं महानगरलाई महान् घर बनाउछु’: सिर्जना सिंह

काठमाडौं महानगरपालिका प्रमुख पदमा नेपाली कांग्रेस उम्मेदवार सिर्जना सिंहले महानगरलाई महान् घरको रुपमा स्थापित गर्ने बताउनुभएको छ। मंगलबारको चुनावी सभामा उहाँले आफ्नो उम्मेदवारीको सम्बन्धमा बोल्नुहुँदै ठूलो सपना नबाँडेको तर सफा, धुलोरहित र अस्तव्यवस्त नहुने काठमाडौं निर्माण गरिने बताउनुभयो। 

“ट्राफिक जाम नहुने, घरबाटै फोहोर व्यवस्थापनको सुरुवात गर्छौ”, उहाँले भन्नुभयो, “घरभित्रको कम्पोष्ट मल र प्लाष्टिकलाई पुनः प्रयोग गर्ने वातावरण बनाउछौं। खाल्डाखुल्डी, हिलो र धुलोको व्यवस्थापन गर्नेर्छौ।”

पछिल्लो २५ वर्षसम्म काठमाडौं कुरुप देखेको बताउनुहुदै उहाँले दीर्घकालीन र अल्पकालीन योजनाका साथ मठ, मन्दिर निर्माण एवम् व्यवस्थापनको काम अघि बढाइने उल्लेख गर्नुभयो। काठमाडौंमा ठूलो मात्रामा आउने बजेटको सदुपयोग गर्दै सानो र ठूलो सबै सडक व्यवस्थापनको काम गरिने उहाँले बताउनुभयो। 

उहाँले महानगरभित्रका ठूला सडक पनि स्थानीय जनप्रतिनिधिले जिम्मा लिनुपर्ने र नाङ्ला पसल र फुटपाथका लागि निश्चित क्षेत्रमा व्यवस्थापन गरिने बताउनुभयो। यसैगरी, विपन्न वर्गका महिलाको श्रमको उचित सम्मान गर्ने, ज्येष्ठ नागरिकदेखि युवा वर्गमा पनि लक्षित कार्यक्रम अघि बढाइने बताउनुभयो।

विष्णुमती, बागमती र रुद्रमती नदीको व्यवस्थापन र काठमाडौंको सभ्यता झल्कने गरी यहाँको विकास गर्ने प्रतिवद्धता उहाँको छ।


ताजा खबर