श्रीलंकाका प्रधानमन्त्रीको राजीनामा स्वीकृत : देशव्यापी कर्फ्यु घोषणा

श्रीलंकामा केही दिनयता देखि सुरु भएको आर्थिक सङ्कटको अवस्था झनै गहिरिएको छ । यहाँको आर्थिक सङ्कटका कारणले गर्दा मन्त्री तथा प्रधानमन्त्रीले पनि राजीनामा दिएका छन् । यहाँका प्रधानमन्त्री महिन्दा राजपाक्छेले सोमबार मात्र आफ्नो पदबाट राजीनामा दिनुभएको छ । 

उहाँको राजीनामा यहाँका राष्ट्रपति गोटबाया राजपाक्छेले स्वीकृत गर्नुभएको छ । उहाँको राजीनामा सोमबार मध्यरातिदेखि नै स्वीकृत भएको श्रीलंकाली राष्ट्रपतिको कार्यालयले जनाएको छ । 
जनाइएअनुसार यहाँको सरकारका विरुद्धमा जारी रहेको आन्दोलन थप हिंसात्मक बन्दै गएपछि श्रीलंकाली सरकारले देशव्यापी रुपमा कर्फ्युको घोषणा गरेको छ । 

यसअघि पनि सोमबार रातिदेखि मंगलबारसम्म लगाइएको कर्फ्यु आदेश बुधबारसम्मलाई थप गरिएको पनि श्रीलंकाली सरकारले जनाएको छ । सोमबार मात्र पनि बिहान प्रदर्शनकारीहरूले यहाँका विभिन्न स्थानमा विरोध प्रदर्शन गरेका छन् । उनीहरूमध्ये धेरैले प्रधानमन्त्री राजपाक्छेलाई पदबाट राजीनामा नदिनु भनेर प्रदर्शन गरेका बताइएको छ । -सिन्ह्वा


ताजा खबर