मतदान गर्न वैशाख ३० गते सार्वजनिक बिदा दिने निर्णय

सरकारले स्थानीय तहको निर्वाचन, २०७९ को मतदान हुने दिन यही वैशाख ३० गते सबै सरकारी कार्यालय र सार्वजनिक निकायमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

सरकार, मन्त्रिपरिषद्को वैशाख २५ गतेको निर्णयानुसार सो सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

May be an image of text that says "नेपाल सरकार गृह मन्त्रालय पत्र संख्या:- प्राप्त पत्र संख्या र मिति:- च.नं.:- नेपाल शात्रालय सरकार गह सिंहदरबार, काठमाडौ, नेपाल सार्वजनिक बिदा सम्बन्धी सूचना "स्थानीय तह निर्वाचन, २०७९ को मतदान हुने मिति २०७९ बैशाख ३० गते शुक्रबारका दिन नेपाल राज्यभरका सबै सरकारी कार्यालयहरु र सार्वजनिक निकायहरुमा सार्वजनिक बिदा दिने" नेपाल सरकार, मन्त्रिपरिषद्वाट मिति २०७९/०१/२५ मा निर्णय भएको हुँंदा सम्बन्धित सवैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ मिति: २०७९/०१/२६ फणिन्द्रमणि पोखरेल सहसचिव प्रवक्ता"

ताजा खबर