एसियाली खेलकुदका लागि तेक्वान्दोका थप २० खेलाडी

चीनको हाङझावमा हुने १९औँ एसियाली खेलकुदका लागि तेक्वान्दो खेलाडीको प्रारम्भिक छनोट प्रतियोगिताको दोश्रो तथा अन्तिम दिन शनिबार थप २० खेलाडी पहिलो चरणलाई छनोट भएका छन् । पहिलो दिन शुक्रबार २४ खेलाडी छनोट भएका थिए । 

कुल ४४ खेलाडीको छनोट गरिएको छनोट समितिका संयोजक समेत रहेका तेक्वान्दोका मुख्य प्रशिक्षक नवीनकुमार श्रेष्ठले जानकारी दिनुभयो । प्रत्येक तौलसमूहमा शीर्ष तीन स्थान हात पार्ने खेलाडी प्रारम्भिक छनोटमा परेका हुन् ।

पुरुष ६८ केजीमुनि नेपाल प्रहरीका वीरबहादुर महरा, नेपाल आर्मीका सगुन श्रेष्ठ तथा बाग्मती प्रदेशका रोहित महर्जन र रन्जित साउद छनोट हुनुभयो । ६३ केजीमुनि प्रहरीका गोविन्दबहादुर आले, मधेश प्रदेशका विक्रान्त डंगोल, बाग्मतीका रोजिन बमजन र एपीएफका मोहम्मद रफिक छानिनुभयो । 

८० केजीमाथि आर्मीका भुपेन श्रेष्ठ, एपीएफका निरज देउवा, बाग्मतीका मिलनकुमार बलामी र लुम्बिनी प्रदेशका आशुतोष बराल छनोट हुनुभएको छ । एकल पुम्सेको पुरुषमा प्रहरीका कमल श्रेष्ठ, प्रहरीकै जितबहादुर बोट, आर्मीका कृष्णबहादुर तामाङ र प्रहरीका प्रेमबहादुर लिम्बू प्रारम्भिक छनोटमा अटाउनु भएको छ । सोही स्पर्धाको महिलामा प्रहरीकी पार्वती गुरुङ, प्रदेश १ की स्वस्तिका तामाङ, प्रदेश १ की सुशिला राई र आर्मीकी प्रशंसा क्षेत्री छानिनुभयो ।


ताजा खबर