१६ औँ मिस नेवा:को उपाधि सलिना महर्जनलाई

 १६ औँ संस्करणको मिस नेवा : को उपाधि काठमाडौं चःमतीकी सलिना महर्जनले जित्नुभएको छ । ‘नेप्लिज फेसन होम’द्वारा राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित प्रतियोगितामा उहाँले १८ प्रतिस्पर्धीलाई पछाडि पार्दै उपाधि जित्नुभएको हो ।

सलिनालाई उपाधिसँगै एक लाख नगद र ‘नेपाल क्योकुसिन सेइसिन काइकान कराँते’को सद्भावना दूत पनि नियुक्त गरिएको छ । उहाँलाई गत वर्षकी मिस नेवाः कृषा महर्जनले ताज पहिराइदिनुभएको हो ।

 यस्तै, ठमेलकी सबिना बज्राचार्य फस्ट र भक्तपुर ठिमीकी सेलिना प्रजापतिले सेकेन्ड रनरअपकाे उपाधि जित्नुभएकाे छ । रोजिन शाक्यको कोरियोग्राफी तथा मिस नेवाः ११४१ कृषा महर्जन र फष्ट रनर्सअप प्रिया तण्डुकारको संयोजनमा सम्पन्न अन्तिम स्पर्धामा पूर्व उद्योगमन्त्री रविभक्त श्रेष्ठ अतिथिको रूपमा सहभागी हुनुहुन्थ्याे । 

प्रतियोगितामा मुख्य निर्णायकको रुपमा एनआरएन युकेका पूर्व अध्यक्ष अशोकबाबु श्रेष्ठ र नेपाल टेलिकमका मेनेजर सरोज शाक्य, ओजेश सिंह, अशोककुमार श्रेष्ठ, प्रवेशमान शाक्य, एलिशा बज्राचार्य, लक्ष्मण महर्जन, मनीश्री रत्न बज्राचार्य र मञ्जु कार्की पाण्डे हुनुहुन्थ्यो । -रासस


ताजा खबर