कोरोना संक्रमणदर घटे पनि जोखिम उच्च : मन्त्रालय

नेपालमा कोरोना संक्रमणदर दैनिक घटिरहेपनि जोखिम भने उच्च नै रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सह प्रवक्ता डा.समीर अधिकारीले छिमेकी देशहरूमा बढिरहेको कोरोना संक्रमणदर नेपालमा घटे पनि जोखिम भने उच्च रहेको बताउनुभयो ।  

आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा मानिसको ओहोर दोहोर तथा भिडभाड बढ्ने भएकाले सङ्क्रमणप्रति नागरिकहरू आफै सचेत हुनुपर्ने सह प्रवक्ता डा. अधिकारीले बताउनुभयो । 

This image has an empty alt attribute; its file name is 279043035_304651655176130_1550090393466893207_n.jpg

यस्तै, सह प्रवक्ता अधिकारीले कोरोना विरुद्धको पूर्ण मात्रा तथा बुस्टर खोप लगाउन सबैमा आग्रह गर्नुभयो । 

यसैगरी, आज १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २ हजार ७ सय ७१ नमुना परिक्षण गर्दा १४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । 

गत २४ घन्टमा १९ जना सङ्क्रमणमुक्त भएका छन् । 

देशभरि २ सय ४३ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । 


ताजा खबर