नेपालीको वार्षिक प्रतिव्यक्ति आय १३७२ अमेरिकी डलर

 नेपालीको वार्षिक प्रतिव्यक्ति आम्दानी बढेर १३७२ अमेरिकी डलर पुगेको छ ।

केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्षको अर्थतन्त्रको विवरणमा प्रतिव्यक्ति आय बढेको देखिएको हो ।

गत आर्थिक वर्षमा नेपालीहरूको प्रतिव्यक्ति आम्दानी ११९१ डलर रहेको थियो ।

सो अवधिको तुलनामा नेपालीको आम्दानी १८१ अमेरिकी डलर बढेर १३७२ डलर अर्थात् एक लाख ६४ हजार ५९८ रुपैयाँ पुगेको विभागको लेखा तथ्याङ्कले देखाएको छ ।


ताजा खबर