कुमारी बैंकको सीईओमा रामचन्द्र खनाल नियुक्त

कुमारी बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा रामचन्द्र खनाल नियुक्त हुनु भएको छ ।

कुमारी बैंकमै डेपुटी प्रमुख कार्यकारी अधिकृत रहनुभएका चार्टर्ड एकाउन्टेन्ट खनाललाई बैंकको सञ्चालक समितिले मंगलबार देखी चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको हो । 

३९ वर्षको उमेरमा वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत बन्न सफल खनाल कुमारी बैकमा एसिस्टेन्ट जनरल म्यानेजरमा प्रवेश गरेर डिजीएम हुँदै डेपुटी सीईओबाट सीईओ बन्नुभएको हो । 

बैंकिङमा अब्बल मानिने खनालले डीसीईओ जिम्मेवारी सम्हालेयता कुमारी बैंकले तेस्रो त्रैमासमा ८५ करोड रुपैयाँ नाफा कमाउन सफल भएको छ ।

१४ वर्षकै बैंकिङ करिअरमै प्रमुख कार्यकारी अधिकृत (सीईओ) बन्न सफल हुनुभएका आइक्यानका काउन्सिल सदस्य खनालसँग सिद्धार्थ बैंक,प्राइम लाइफ इन्स्योरेन्स, सानिमा बैंक र एनआईसी एसिया क्यापिटलमा काम गरेको अनुभव छ ।


ताजा खबर