७५३ पालिकामा १ लाख ३६ हजार २६९ को उम्मेदवारी

स्थानीय तह निर्वाचनमा ७५३ वटै पालिकामा १ लाख ३६ हजार २६९ उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । निर्वाचन आयोगले मङ्गलवार बिहान सार्वजनिक गरेको विवरण अनुसार आइतबार र सोमबार गरी यो सङ्ख्यामा उम्मेदवारी दर्ता भएको हो ।

यो राजनीतिक दल र स्वतन्त्र उम्मेदवारको सङ्ख्या हो । स्थानीय तहमा ३० वैशाखमा ३५ हजार २ सय २१ जनप्रतिनिधिका लागि चुनाव हुँदै छ । २०७४ को स्थानीय तहको चुनावमा १ लाख ५१ हजार १ सय ९० जनाले उम्मेदवारी दिएका थिए ।

कुन पदमा कति उम्मेदवार ?

मेयरः ३ हजार २६१

अध्यक्ष: ३ हजार २५४

उपमेयर: २ हजार ३

उपाध्यक्ष: २ हजार २९२

वडाध्यक्ष: ३२ हजार ५९

महिला सदस्य: २३ हजार ३ सय ७५

दलित महिला सदस्य: २१ हजार ११५

सदस्य: ४८ हजार ९१०

आज उम्मेदवारको विरोधमा उजुरी दिन आयोगले भनेको छ । र १४ र १५ वैशाखमा मनोनयन पत्र जाँच गर्ने तथा उजुरीउपर जाँचबुझ गरी निर्णय गरी उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यतालिका तय गरेको छ ।

१६ वैशाखमा उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा १७ वैशाखमा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने आयोगको कार्यतालिका छ ।


ताजा खबर