पन्जावी गायकले गाए नारायण गोपालको ‘मलाई माफ गरिदेउ’

पछिल्लो समय पुरानो गीतको कभर बनाउने चलन धेरै नै चलिरहेको छ । कभर गीतको मोह अहिले राम्रै चलिरहेको छ । कभर गीतकै क्रममा स्वर सम्राट नारायण गोपालको स्वर रहेको लोकप्रिय नेपाली गीत ‘मलाई माफ गरिदेउ’को कभर गीत सार्वजनिक भएको छ ।

यो गीतलाई लन्डन निवासी पन्जाबी गायक गेभी सिंहले गाएका हुन् । गीतको भिडियोलाई एमटिएस प्रोडक्सनले निर्माण गरेका छ । लन्डनमै छायाङ्कन भएको भिडियो निर्देशन जिएस जोन्नीले गरेका हुन् ।

विदेशी र नेपाली संस्कृति जोड्न नेपाली नै बोल्न नजान्ने पन्जाबी गेभी सिंहलाई गीत गाउन लगाएको निर्देशक जोन्नीले बताए । पन्जाबी गायक गेभी सिंहले गीत सरल तरिकाले गाएका छन् ।


ताजा खबर