डब्लुएचओका महानिर्देशक डा.टेड्रोस नेपाल भ्रमणमा

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक डा टेड्रोस घेब्रेयसस ३ दिने भ्रमणका क्रममा नेपाल आइपुगेका छन्।

This image has an empty alt attribute; its file name is 278888606_529724255374055_6465764820791835556_n.jpg

डा टेड्रोस इण्डिगो एयरको उडानबाट मध्यान्ह सवा १२ बजे त्रिभुवन विमानस्थलमा ओर्लिएका थिए। उनी भारत भ्रमणपछि नेपाल आएका हुन्।

अन्तर्राष्ट्रिय विमानस्थलनमा उनलाई स्वास्थ्य र परराष्ट्र मन्त्रालयका अधिकारीहरुले स्वागत गरेका थिए।

भ्रमणका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग शिष्टाचार भेटघाट गरेका छन् ।

त्यसैगरी स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडा र परराष्ट्रमन्त्री नारायण खड्कासँग पनि भेटघाट गरेका छन्।

1140x725

यस्तै नेपाल सरकारका उच्च अधिकारीसहित डब्लुएचओका नेपालस्थित प्रतिनिधि र संयुक्त राष्ट्रसङ्घका प्रतिनिधिसँग पनि छलफल गर्ने कार्यक्रम छ।

भ्रमणकै क्रममा उनले टाइफाइडविरुद्धको खोप अभियान र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको पनि अवलोकन गर्ने कार्यक्रम छ। महानिर्देशकको टोलीमा डब्लुएचओको दक्षिण(पूर्व एसिया क्षेत्रीय कार्यालयका क्षेत्रीय निर्देशक डा। पुनम क्षेत्रपाल र डब्लुएचओका अन्य अधिकारीहरू सहभागी छन्। उनी वैशाख १० गते फर्कने कार्यक्रम छ।


ताजा खबर