१३ औं ‘फिल्म साउथ एसिया-२०२२’ महोत्सव आजदेखि

दक्षिण एसियाली आठ देशका ७१ वटा फिल्म प्रदर्शन हुने

दक्षिण एसियाली डकुमेन्ट्रीहरुको महोत्सवको १३ औं संस्करण ‘फिल्म साउथ एसिया-२०२२’ बिहीबारबाट ललितपुरको यल माया केन्द्रमा सुरु हुने भएको छ । महोत्सवमा आठ देशका ७१ वटा फिल्म प्रदर्शन हुने तयारीमा रहेको छ ।

चारदिनसम्म चल्ने फेस्टिभलको थिम ‘सेलेब्रेटिङ द डकुमेन्ट्री’ राखिएको छ । 

महोत्सवमा दक्षिण एसियाली मुलुकका सामाजिक, सांस्कृतिक आन्दोलनसहित मानवअधिकार, वातावरण र मानवीय मूल्यका आयामबारे प्यानल छलफलसमेत आयोजना गरिनेछ । 

साथै, यसअघि विभिन्न फिल्म महोत्सवमा अवार्ड जितेका नेपाली वृत्तचित्र पनि प्रदर्शन गरिने आयोजकले जनाएको छ ।


ताजा खबर