काठमाडौं आइपुगे भारतीय क्रिकेटर सचिन तेन्दुलकर : काभ्रेमा युनिसेफको कार्यक्रममा सहभागि हुने

भारतीय क्रिकेटर सचिन तेन्दुलकर नेपाल आइपुगेका छन्।

उनी युनिसेफको सद्भावना दूतको हैसियतमा नेपाल आएका हुन्। काठमाडौं आइपुगे लगत्तै त्रिभुवन विमानस्थलमा सचिनले नेपाल आउन पाउँदा खुसी लागेको प्रतिक्रिया दिए। नेपाल भ्रमणका क्रममा उनले शनिबार बिहान किर्तिपुर स्थित टियु मैदानमा बालबालिकासँग क्रिकेट खेल्दैछन्। खेल १० ओभरको हुनेछ ।

बाल अधिकार सम्बन्धि महासन्धी पारित भएको ३० वर्ष पुगेको उपलक्ष्यमा युनिसेफले सचिनलाई नेपाल डाकेको हो। प्रहरी स्रोतका अनुसार सचिन दिउँसो काभ्रेपलाञ्चोकको एउटा कार्यक्रममा सहभागि हुनेछन्।

उनी शनिबार नै भारत फर्कनेछन्।


ताजा खबर