मित्रराष्ट्र भारतको सेना प्रमुखमा मनोज पाण्डे नियुक्त

मित्रराष्ट्र भारतको सेना प्रमुखमा मनोज पाण्डे नियुक्त भएका छन् । भारतको रक्षा मन्त्रालयले पाण्डेलाई सेना प्रमुख बनाउने निर्णय लिइएको जनाइएको छ ।

अप्रिल ३० मा हालका सेना प्रमुख मनोज मुकुन्द नरवणे सेवानिवृत्त भएपछि पाण्डेले सेना प्रमुखको जिम्मेवारी औपचारिक रुपमा सम्हाल्ने छन् । उनी नरवणेपछिका वरिष्ठ अधिकारी हुन् ।

हाल भारतीय सेनाको उपप्रमुख रहेका पाण्डे सेनाको शीर्ष स्थानमा पुग्ने पहिलो इन्जिनियरसमेत बन्ने समाचार एजेन्सी एएनआईले जनाएको छ ।


ताजा खबर