नेपाल आइसिसी विश्व वरियताको १२ औँ स्थानमा यथावत

आइसिसीले अपडेट गरेको नयाँ वरीयतामा नेपाल टी–ट्वान्टी अन्तर्राष्ट्रिय वरियतामा यथावत् रहेको हो । नेपालले टेस्ट राष्ट्र आयरल्यान्डलाई समेत पछि पारेको छ । नेपालले विश्व वरियतामा १२ औँ स्थान पाएको छ ।

आयरल्यान्ड १५ औँ स्थानमा छ । नेपाल पछिल्लो १० टी–ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा मात्र १ खेलमा पराजित भएको छ । नेपाल दुई महिनाअघि ओमानमा भएको टी–ट्वान्टी विश्वकप छनोटमा एक खेल हार्दै सुनौलो मौका गुमाएको थियो ।

लगत्तै नेपालले घरेलु मैदानमा त्रिकोणात्मक टी–ट्वान्टी सिरिजमा अपराजित रहँदै उपाधि उचालेको थियो । नेपालले पपुवा न्यु गिनी र मलेसियालाई पराजित गर्दै उपाधि उचालेको थियो । टी–ट्वान्टी अन्तर्राष्ट्रियको वरीयतामा भारत पहिलो र दोस्रो स्थानमा इंग्ल्यान्ड रहेका छन् ।


ताजा खबर