राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान सम्पन्न

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयद्वारा आयोजित ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान कार्यक्रम २०७८’  सम्पन्न भएको छ। कार्यक्रममा नेपाली चलचित्रको विकास र प्रगतिमा उल्लेखनीय योगदान पुर्याउने कलाकार तथा स्रष्टालाई सम्मान गरिएको हो।

चलचित्र क्षेत्रमा विशिष्ट योगदान पुर्याउनुभएका कलाकारमा राजेश हमाल, दीपकराज गिरी, दीपाश्री निरौलालगायत कलाकार सम्मानित हुनुभएको छ। यस्तै, कलाकार भुवन थापा चन्द र शम्भुजीत बाँस्कोटालाई दीर्घ साधनाबाट सम्मान गरिएको हो। 

blog

कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले चलचित्र उद्योगको उन्‍नयनका लागि संस्थागत प्रयास गर्दै चलचित्रको निर्माण र वितरणसँग सम्बन्धित प्राविधिक एवं आर्थिक पक्षमासमेत नीति निर्माण गर्नका लागि नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र चलचित्र विकास बोर्डको भूमिकाको तारिफ गर्नुभयो।

यस्तै, हाम्रो मौलिक कला र संस्कृतिलाई चलचित्रले प्रवद्र्धन गर्दै समाजमा विद्यमान अन्धविश्वास एवम् कुरीतिलाई अन्त्य गर्नका लागि चलचित्र क्षेत्र चेतना र जागरणको प्रभावकारी माध्यम बन्न सक्ने उहाँले बताउनुभयो। 

कार्यक्रममा मन्त्री, चलचित्र विकास बोर्डका अध्यक्ष, बोर्ड परिवार, निर्माता, निर्देशक एवं चलचित्रकर्मी, राष्ट्रसेवक, सञ्चारकर्मीको सहभागिता थियो। 


ताजा खबर